काठमाडौं ।
नारी शक्तिको जागरण गराउने भन्दै ठग्ने ‘धर्म गुरु’पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शिवसुत गौरीभक्त भन्ने पुरुषोत्तम काफ्लेलाई ठगी आरोपमा पक्राउ गरेको हो । उनीमाथि विभिन्न व्यक्तिसँग लगानी गरिदिने भन्दै करोडौं ठगेको आरोप लागेको छ ।
सीआईबीका सूचना अधिकारी एसपी नवराज अधिकारीका अनुसार काफ्लेले काठमाडौंमा हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोली विभिन्न व्यक्तिलाई सदस्य बनाएर ठगेका थिए ।
उनीमाथि विभिन्न व्यक्तिबाट ५ करोड रुपैयाँभन्दा बढी पैसा र १०० तोलाभन्दा बढी सुनका गरगहनासमेत लिएको आरोप लागेको छ ।
काफ्लेलाई सीआईबी टोलीले असार ९ गते कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो ।













