सुदूरपश्चिमको बजेट यथास्थितिमा पास हुन नदिने सत्तारुढ सांसदकै चेतावनी

केन्द्रभाग मिडिया

धनगढी ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट यथास्थितिमा पास हुन नदिने सत्तारुढ सांसदले नै चेतावनी दिएका छन् । प्रदेशसभामा बजेट पेस भएको दुई साता बित्न लाग्दासमेत गठबन्धनभित्रै विवाद हुदाँ बजेटमाथि छलफल हुन सकेको छैन ।
असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले आगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि सत्तारुढ गठबन्धनभित्रै असन्तुष्टि देखिएको छ ।

सरकारले ल्याएको बजेटसँगै विकास कार्यक्रम ९रातो किताब० प्रति प्रतिपक्ष नेकपा एमालेमात्रै होइन, सत्तारुढ दलकै सांसदहरूले तीव्र असन्तुष्टि पोख्दै आएका छन् ।

नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावलले नयाँ बजेटलाई ‘जनविरोधी’ संज्ञा दिएका थिए । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीकै सांसदले समेत बजेटप्रति विरोध जनाउन थालेका छन् ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले प्रस्तुत बजेटले संघीयतालाई कमजोर पार्ने बताए । बजेटमा पहुँचवालाहरुको हालीमुहाली रहेको उनको भनाइ छ ।

  • १२ असार २०८०, मंगलवार १७:०२ प्रकाशित