‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको लिस्टमा सोविता गौतम

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा परेकी छन् ।

वान योङ वर्ल्डले १५ जनाको नाम सर्टलिस्ट गरेको हो । जसमा नेपालबाट गौतम परेकी छन् ।१८ देखि ३५ वर्षका नेताहरूलाई सर्टलिस्ट गर्ने वान वर्ल्डले सोभिता गौतमलाई २७ वर्षमा सांसद भएकी नेपालको इतिहासकै सबैभन्दा कान्छी सांसद भएको उल्लेख गरेको छ।

 यी १५ जनामध्ये ५ जनालाई योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड प्रदान गर्नेछ ।विजेताहरुको घोषणा जुलाइमा युवा विश्व शिखर सम्मेलन वेलफास्ट २०२३ बाट हुनेछ ।

  • १० असार २०८०, आईतवार ११:०५ प्रकाशित