रुपा गाउँपालिकाको बजेट ४३ करोड २९ लाख, एक घर एक मौरीघार कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्ष (२०८०–०८१) का लागि कृषिलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको छ । पालिकाको १३ औ सभामा शुक्रबार गाउँपालिका उपाध्यक्ष लालसुब्वा गुरुङले ४३ करोड २९ लाख ७७ हजार ३ सयको बजेट सार्वजनिक गरेकी हन् । जस अन्र्तगत चालु तर्फ ३३ करोड ८५ लाख ४ हजार र पुजीगत तर्फ ९ करोड ४४ लाखा ३ हजारको खर्च अनुमान नगरसभामा पेश गरिन् ।

अनुमान गरिएको खर्चको व्यभार मध्य नेपाल सरकाराबाट वित्तीय समानीकरण अनुदान ७ कारेड ८० लाख, राजश्व वाडफाड वापतको ७ करोड ७३ लाख १३ हजार ३ सय , ससर्त अनुदान तर्फ २० करोड १९ लाख, समपुरक अनुदान तर्फ ५० लाख, विशेष अनुदान तर्फ १ करोड २० लाख रहेको छ ।

त्यस्तै गण्डकी प्रदेश सरकारबाट राजस्व बाडफाडको ४८ लाख ४ हजार, समपुरक अनुदान ५० लाख, समानीकरण अनुदान ९४ लाख ६० हजार, शसर्त अनुदान ५० लाख रहेको गुरुङले जानकारी दिइन् । संघ र प्रदेश सरकार वाहेक पालिकाको चालु आर्थिक वर्षबाट अल्या रकम २ करोड ९० लाख र आगामी आर्थिक वर्षको आन्तरिक स्रोत अनुमान १ करोड २५ लाख रहेको छ ।

शुक्रबार नै नीति तथा कार्यक्रम प्रस्तुत गदै पालिका अध्यक्ष नवराज ओझाले कृषिलाई प्राथमिकता दिइएको बताएका थिए । जस अन्र्तगत ‘किसानको हातः गाउँपालिकाको साथ’ भन्ने मुल नाराका साथ एक घर एक मौरीघार कार्यक्रमलाई बृहत्तर रुपमा संचालन गर्ने बजेटा घोषणा गरिएको छ । उक्त कार्यक्रमका लागि १ करोड २० लाख बजेट बिनियोजना गरिएको छ ।

दिगो कृषि विकासको माध्यमबाट रुपावासीको जीवनस्तरमा सुधार ल्याउन कृषि विकास र पशु सेवाका लागि २ करोड १० लाख बजेट बिनियोजना गरिएको छ ।

लघु उधम कार्यक्रम मार्फत रोजगारी सृजना गर्नका लागि १७ लाख बजेट बिनियोजना गरिएको उपाध्यक्ष गुरुङले बताइन् ।

यस्तै गाउँपालिकाले आफ्नै प्रशासनीक भवन बनाउनका लागि १ करोड, वडानम्बर २ को प्रशासनीक भवनको क्रामगत योजनाका लागि १ करोड १० लाख र रुपाकोट अस्पताल भवन र्निाणका लागि स्रोत सुनिश्चित गदै बजेट बिनियोजन गरिएको छ ।

भौतिक पूर्वाधार तर्फ वडानम्बर १, ४, ६, र ७ को वडा कार्यालय जोड्ने सडक निर्माणका लागि बजेट बिनियोजना गरिएको छ । पर्यटकिय क्षेत्रको पहिचान र प्रवद्धनका लागि ३८ लाख बिनियोजना गरिएको छ । त्यस्तै स्थानीय सडक, पुल तथा झोलुङगे पुल, भवन तथा सहरी विकासका लागि १ करोड १५ लाख बिनियोजन गरिएको छ । युवाहरुलाई उद्यामी बनाई स्वरोजगरा बनाउन सुलभ र सुरक्षित व्यवसायिक कर्जा उपलब्ध गराउनका लागि ३० लाख बजेट बिनियोजन गरिएको छ ।

पालिकाले खर्च कटौती गदै आगामी आर्थिक वर्षको लागि अतिरिक्त तथा प्रोत्साहन भत्ता कटौती गर्ने भएको छ ।

  • ८ असार २०८०, शुक्रबार १९:४४ प्रकाशित