बागलुङ ।
बागलुङमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको ज्यान गुमेको हो भने एक जना अझै बेपत्ता छन् ।
ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको ज्यान गुमेको प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए । पहिरोमा परी पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएको उनले बताए ।
जिल्लामा अविरल वर्षापछि आएको विपद्मा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ भने विपद् परी एक जना बेपत्ता भएका छन् ।
शनिबार ताराखोलामै एक जनाको मृत्यु भएको थियो । थियो भने आइतबार बागलुङको तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक बेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको थियो ।













