यो वर्ष धान रोप्ने बेलामा रासायनिक मल अभाव हुँदैन :प्रधानमन्त्री

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान रोप्ने बेलामा रासयानिक मलको अभाव गत वर्षजस्तो नहुने दाबी गरेका छन् ।

प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सुरुमा मलका लागि १५ अर्ब विनियोजन भएपनि थप २३ अर्बको स्रोत सुनिश्चित गरि आपूर्ति व्यवस्थालाई सुदृण गरिएको बताए।

उनले सरकार किसानलाई मल उपलब्ध गराउन जिम्मेवार रहेको बताए। उनले भने, ‘गत साउन महिनादेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन मल आयात भएको छ। त्यो मध्ये ७१ हजार मेट्रिक टन मौजात छ। ४५ हजार मेट्रिक ट्रन भारतबाट यो महिनामा आउने व्यवस्था गरिएको छ।’
उनले मत वितरणमा प्रदेश र स्थानीय तहलाई परिचालन गरेको समेत बताए।

  • ८ असार २०८०, शुक्रबार १५:३९ प्रकाशित