साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३० रुपैयाँ ८३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४३ पैसा रहेको छ ।

आज युरो र पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा रहेको छ । हिजो भने युरो एकको खरिददर १४३ रुपैयाँ ०१ पैसा बिक्रीदर १४३ रुपैयाँ ६६ पैसा थियो।

आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ११ पैसा थियो। यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा छ ।

साउदी रियालको खरिददर ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा रहेको छ ।

  • ८ असार २०८०, शुक्रबार १०:२१ प्रकाशित