पोखरा ।
पोखराको लेकसाइडबाट प्रतिबन्धित लागूऔष(ड्रग्स) एक विदेशी र एक नेपाली युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका १२ स्थायी घर भएका वर्ष २६ का राज गौतम र चेक रिपब्लिकाबाट नेपाल आएका वर्ष ३२ का मार्टिना सेर्ना नाम गरेका विदेशी नागरिक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनीहरुलार्ई लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर तथा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा अस्ति असार ६ गते बुधबार पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा भेटिएका उनीहरुको साथबाट एलसिडी २६ पिस, एम्फेटामाईन ९आईस जस्तो देखिने० ४ सय मिलिग्राम र मोबाईल २ वटा मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रकाउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट लागू औषध सम्बन्धि मुद्धामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।













