बालकृष्णलाई भेट्न कारागार पुगे परराष्ट्रमन्त्री साउद

केन्द्रभाग मिडिया

काठमाडौं ।

परराष्ट्रमन्त्री एनपी साउदले नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई भेटेका छन् । बिहीबार विहान १० बजे मन्त्री साउद खाणलाई भेट्न केन्द्रीय कारागार सुन्धारा पुगेका हुन् ।

जिल्ला अदालत काठमाडौंले १ असारमा खाणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । कारागार स्रोतका अनुसार खाण पुर्पक्ष चलान भएको एक सातापछि भेट्न गएका मन्त्री साउदले करिब १० मिनेट जिते संवाद गरेका थिए ।

शरणार्थी प्रकरणमा फसेपछि खाणको लिगेसी के हुन्छ भन्ने कांग्रेसभित्र बहस भइरहेका बेला मन्त्री साउद भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • ८ असार २०८०, शुक्रबार ०९:२५ प्रकाशित