रास्वपाको पहिलो पार्टी स्थापना दिवस : बैंकर अनिल केशरी रास्वपा प्रवेश

केन्द्रभाग मिडिया

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । बालाजुस्थित नयाँ पार्टी कार्यालयमा सो पार्टीले आफ्नो पहिलो स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसका अवसरमा पार्टी सभापति रवि लामिछानेले नयाँ पार्टी कार्यालयको उद्घाटन समेत गरेका छन् भने पूर्व बैंकर अनिलकेशरी शाह रास्वपामा प्रवेश गरेका छन् । कार्यक्रममा सो पार्टीका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । अघिल्लो वर्ष असार ७ गते लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको थियो ।

शाहले नेपालीमा नेतृत्व विकासका लागि सीप प्रयोग गर्न आफू रास्वपा प्रवेश गरेको बताएका छन् । रास्वपा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपा र आफ्नो सोच मिलेको पनि बताए । ‘बैङ्किङ करिअर छाडेपछि मैले नेतृत्व विकासको तालिम दिइरहेको थिएँ’, उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग मेरो लामो बहस भयो। बहसपछि मलाई लाग्यो, उहाँहरूको सोच र मेरो सोच ठ्याक्कै मिल्यो।’

यसपछि आफू रास्वपा प्रवेश गर्न तयार भएको उनको भनाई छ ।

  • ७ असार २०८०, बिहीबार १५:४० प्रकाशित