आज रास्वपाको पहिलो वार्षिकोत्सव

केन्द्रभाग मिडिया

काठमाडौं।

आज राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ ।

वार्षिकोत्सवको अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको जनाइएको छ ।

उक्त चियापान कार्यक्रममा पूर्व प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ ।सो चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

  • ७ असार २०८०, बिहीबार १०:४४ प्रकाशित