कोशी सरकारले बाढीमा ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ दिने

केन्द्रभाग मिडिया

विराटनगर ।
कोशी प्रदेश सरकारले प्रदेश क्षेत्रमा बाढी पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई तत्काल एक लाख राहत उपलब्ध गराउने भएको छ । आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

आइतबार कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बो बाढी पहिरो प्रभावित केही जिल्लाको निरीक्षण गरेपछि प्रदेश सरकारको विपद् व्यवस्थान समितिको बैठकले मृतकका परिवारलाई राहतस्वरुप एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको मन्त्री मेन्याङ्बोको सचिवालले जनाएको छ ।

घाइतेको उपचार गर्ने, भौतिक संरचना (घर) पुनर्निर्माणका लागि सहयोग गर्ने, बगाएका, भत्किएका पुल यथाशीघ्र मर्मत र निर्माण गरी अवरुद्ध बाटो तथा राजमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय गरेको मन्त्री मेन्याङ्बो बताए ।

  • ४ असार २०८०, सोमबार १२:३९ प्रकाशित