नेकपा एसका उपाध्यक्ष पाण्डेको चेतावनी : भने, ‘यथास्थितिमा बजेट पारित गर्न दिन्नौं’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा -एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दोहोर्‍याएका छन् ।

आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै पाण्डेले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरू त्यसमा समर्थन गर्न नसक्ने प्रष्ट्याए ।

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको भन्दै अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने उनले बताए ।

‘ यही अवस्थामा यो बजेट पास हुँदैन । मैले आफ्नो पार्टीको अध्यक्ष माधवकुमार नेपाललाई पनि सँगै लगेर भनेको छु, भोट हाले तपाईं एक्लै हाल्नुस्, हामी हाल्दैनौं भनेको छु ’, पाण्डेले भने ।

  • ३ असार २०८०, आईतवार १६:४० प्रकाशित