साताको पहिलो दिन आज डलरको भाउ घट्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलरको भाउ घटेको छ ।

आज डलर एकको खरिददर १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा छ । शुक्रबार डलर एकको खरिददर १३१ रुपैयाँ १९ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७९ पैसा थियो ।

यस्तै आज भने युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ १९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८४ पैसा छ । शुक्रबार युरो एकको खरिददर १४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा थियो ।

आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा छ ।

साउदी रियालको खरिददर ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८८ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३५ पैसा र बिक्रीदर २८ रुपैयाँ ४८ पैसा रहेको छ ।

  • ३ असार २०८०, आईतवार १०:०६ प्रकाशित