पोखरा ।
गण्डकी प्रदेश सरकारले गाँजा खेतीको सम्भावना अध्ययन गर्ने भएको छ ।
अर्थमन्त्री जीतप्रकाश आलेले शुक्रबार संसदमा प्रस्तुत गरेको बजेटमार्फत सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययनका लागि बजेटको व्यवस्था गरेको बताए।गण्डकी प्रदेशले घरेलु मदिराको ब्रान्डिङ पनि गर्ने भएको छ । यसका लागि कानुन आधार तयार गर्ने सरकारले जनाएको छ।
चक्लावन्दी कार्यक्रमलाई सरकारले यसपटक कपनि निरन्तरता दिएको छ । कम्तिमा ५ रोपनी क्षेत्रफल आगामी वर्ष चक्लावन्दी गर्ने लक्ष्य सरकारको छ । यसका लागि सरकारले १ करोड ९१ लाख विनियोजन भएको छ।













