गण्डकी बजेट : १० वर्ष मुनि र ६० वर्षमाथिकालाई निशुल्क उपचार, क्यान्सर रोगीलाई १ लाखसम्म सहायता गर्ने

केन्द्रभाग मिडिया

पोखरा।

गण्डकी प्रदेश सरकारले १० मुनिका बालबालिका तथा ६० वर्षमाथिका नागरिकको उपचार निशुल्क गरिदिने भएको छ ।

सरकारले आज बजेट सार्वजनिक गर्दै तोकिएका उमेरसमुहका नागरिकलाई प्रदेशका सबै सरकारी अस्पतालमा उपचार निशुल्क हुने उल्लेख गरेको हो ।सरकारले सरकारी अस्पतालमा ओपेडी सेवा र प्रयोगशालामा निशुल्क उपचार गर्ने जनाएको छ ।

डायलासिस सेवाका प्रतिक्षामा रहेका विरामीको संख्या शून्यामा झार्न र डायलासिस सेवा प्रवाहको क्षमता अभिवृद्धि गर्न ६ करोड ६८ लाख ८८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

भरतपुर क्यान्सर अस्पताल लगायतसँग सम्झौता गरी सबै खाले क्यान्सरको उपचार गर्न सरकारले १ लाख रुपैयाँसम्म आर्थिक सहायता दिने भएको छ ।

शुक्रबार प्रस्तुत बजेटमार्फत यसका लागि २ करोड विनियोजन गरेको अर्थमन्त्री जीतप्रकाश आलेले बताएका छन् ।निमोनिया स्वास्थ्य स्वयं सेविकाको आत्मसम्मान बढाउने कार्यक्रम सञ्चालन गर्न १ करो ८९ लाख रुपैयाँ छुट्याएको छ ।

सरकारले निमोनिया र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपको अभियान चलाउने भएको छ ।

  • १ असार २०८०, शुक्रबार १६:५५ प्रकाशित