झापा ।
व्यवसायी दुर्गा प्रसाईँ नेकपा एमाले प्रवेश गरेका छन् । झापामा भएको एक कार्यक्रममा उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए ।
एमाले प्रवेशगरेसँगै कार्यक्रममा बोल्दै उनले प्रचण्डप्रति आफ्नो भ्रम तोडिएको बताएका छन् । उनले १७ हजार मानिसलाई किन मारियो भन्दै प्रचण्ड र बाबुरामलाई प्रश्न गरेका छन् ।
माओवादीको जनयुद्धकालदेखि नै प्रचण्डसँग नजिक रहेर काम गर्नुभएका प्रसाईं पछिल्लो समय एमालेमा सक्रिय रहनुभएको छ । कार्यक्रमाम संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटी सदस्य लेखराज भट्ट, पूर्वमन्त्री अग्नि खरेल, अनेरास्ववियुका अध्यक्ष सुनिता बराललगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।
व्यवसायी दुर्गा प्रसाईंसमेतको प्रयासमा ठूलो संख्यामा माओवादी कार्यकर्ता एमालेमा आएका हुन् ।