प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको सवाल जवाफ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सवाल जवाफ सुरु भएको छ । संसदीय सुनुवाइ समितिमा सांसदहरूले कार्कीमाथि प्रश्न गर्न सुरु गरेका हुन् ।

शुक्रबार सिंहदरबारस्थित बिहान ८ बजे बसेको बैठकमा सांसदहरूले कार्कीमाथि न्यायिक सुधारका विषय तथा उनका व्यक्तिगत काम कारवाहीका बारेमा प्रश्न गरिरहेका छन् ।

बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिएपछि समितिले उनको प्रस्तुति चित्त बुझेमा कार्कीलाई प्रधानन्यायाधीश रूपमा नियुक्त गर्न सक्नेछ ।

  • १ असार २०८०, शुक्रबार ०८:४२ प्रकाशित