कोशी प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

केन्द्रभाग मिडिया

विराटनगर ।

कोशी प्रदेशमा अध्यादेशबाट ल्याउने बजेट आजै सार्वजनिक हुने भएको छ ।

उक्त बजेट प्रदेश प्रमुखले आजै सरकारको सिफारिसमा अध्यादेश जारी गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले दिएको जानकारी अनुसार आज दिउँसो ३ः३० बजे बजेट सार्वजनिक हुने भएको हो । उनले आर्थिक मामिला तथा योजना कार्यालयमा सार्वजनिक गरिने बताए ।

कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी भएको हो ।

  • ३२ जेष्ठ २०८०, बिहीबार १४:३९ प्रकाशित