प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई भोलिको बैठकमा बोलाउने निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भोलिको बैठकमा बोलाउने प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिले निर्णय गरेको छ ।

समितिको बैठकमा भोलि बिहान ८ बजे बस्ने भएको छ । आज उजुरीकर्ताहरुसँग छलफलपछि भोलि कार्कीलाई बोलाउने निर्णय भएको समितिका सदस्य ज्ञानेन्द्र कार्कीले बताए ।

कार्कीको कार्ययोजना प्रस्तुत गर्नका लागि आमन्त्रण गरिएको बताए ।आज २९ जना उजुरीकर्तामध्ये ७ जनालाई व्यक्तिगत र अरुलाई सामूहिक रुपमा छलफल गरेको उनको भनाइ छ ।

आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने भएका छन् । उनलाई भोलिको बैठकले प्रधानन्यायाधिशमा अनुमोदन गर्ने बताइएको छ ।

  • ३१ जेष्ठ २०८०, बुधबार १६:०९ प्रकाशित