रुपन्देही ।
राजनीतिमा पुस्ता हस्तान्तरणको चर्चा चलिरहँदा विस्तारै युवा पुस्ताले राजनीतिमा स्थान पाउन थालेका छन् । शनिबार भएको नेकपा एमालेको वडा अधिवेशनमा रुपन्देहीको एक वडामा एक युवती सचिव पदमा चयन भएकी छिन् ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ एमाले वडा कमिटीको सचिव पदमा १९ वर्षीया झरना चौधरी सर्वसम्मत चयन भएकी हुन् ।यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर १ मा पनि २६ वर्षीय सुरज कलवार एमाले वडा कमिटीको अध्यक्ष निर्वाचित भएका छन्।
रुपन्देहीका धेरै वडामा युवा नेतृत्वमा आएको नेकपा एमालेले जनाएको छ । सुरज र झरनाजस्तै धेरै युवा एमालेको वडा नेतृत्वमा आएको बताइएको छ।