कल्भर्ट पुल बाढीले बगाउँदा बेनी–जोमसोम सडक अवरुद्ध

केन्द्रभाग मिडिया

File photo

म्याग्दी ।

बेनी जोमसोम सडक अवरुद्ध भएको छ । गएराती(मंगलबार)बाढीले कल्भर्ट पुल बगाउँदा म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको हो।

सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल बगाएको हो । पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिएका छन् ।

बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

  • ३१ जेष्ठ २०८०, बुधबार ०९:०८ प्रकाशित