काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् बालकृष्ण खाँणको तर्फबाट आजदेखि बहस सुरु भएको छ ।
खाँणको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले खाँणलाई फसाउन राज्य नै लागेको आरोप लगाएका छन् ।उनले जाहेरवाला कसैले खाणको नाम नपोलेको भएपनि अन्तिम समयमा नाम घुसाएर फसाएको दाबी गरेका छन् ।
‘जाहेरवाला कसैले बालकृष्ण खाणको नाम पोल्न सकेका छैनन् । एकजनाको पेटबोलीमा नाम देखिन्छ । त्यसलाई पनि पुष्टि गर्ने अवस्था छैन । जाहेरीवाल कसैले नाम नदिएको अन्तिम समयमा बालकृष्ण खाणलाई पेटबोलीमा राखेर राज्य नै लागेको छ’, केसीले भने ।
उनले मन्त्रालयमा सम्बन्धित शाखा(महाशाखा प्रमुखले काम गर्ने भएपनि गृहमन्त्रीले नै सबै गरेकोजस्तो देखाइएको दाबी गरे ।













