काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि आज अस्पताल भर्ना भएका छन् ।
दम र ग्याष्ट्रिकबाट पीडित पौडेललाई छाती दुख्ने समस्या देखिएपछि मंगलबार विहान ७ बजे काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।
अहिले उनको मुटुको परीक्षण भइरहेको छ । सचिवालयकाअनुसार एनजिओग्रामको सुरुवाती रिपोर्ट राम्रो आएको छ । गंगालालका निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरिरहेको छ।













