काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जादैंछन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि पूर्व प्रधानमन्त्री देउवा सिंगापुर जान लागेका हुन् । उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् सिंगापुरका प्रस्थान गर्ने उनका निजी सचिव केशवराज जोशीले बताए । देउवा एक साता लागि सिंगापुर रहनेछन् ।
जोशीको अनुसार केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका देउवा अहिले पनि फलोअपका लागि जान लागेका हुन् ।
पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि रहने छिन् । पेटसम्बन्धी समस्या कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समयदेखि सिंगापुरमा उपचार गर्दै आइरहेका छन्।













