बालकृष्ण खाँणको तर्फबाट थुनछेक बहस : २५ जना वकिलले बहस गर्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आज पूर्व गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट थुनछेक बहस हुँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेतासमेत रहेका खाँडको पक्षमा आजबाट २५ जना वकिलहरूले बहस गर्नेछन् ।

अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको छैटौँमा पूर्व महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका पूर्व र वर्तमान अध्यक्षसहित २५ जनाले बहसका लागि नाम टिपोट गराएका छन् । सो प्रकरणमा मुछिएर पक्राउ परेका मध्ये अब खाँडसहित ६ जनाको थुनछेक बहस हुन बाँकी छ ।

  • ३० जेष्ठ २०८०, मंगलवार ०८:५८ प्रकाशित