अर्थमन्त्री महतको स्पष्टीकरण : ‘करका दर स्वार्थ लक्षित छैन’

केन्द्रभाग मिडिया

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करका दर स्वार्थ लक्षित नभएको स्पष्टी दिएका छन् । आज बजेटबारे उठेका प्रश्नको जवाफ दिदैं महतले करका दर कुनै घरानाको स्वार्थ पुरा गर्न लक्षित नरहेको बताएका हुन् ।

‘समग्रमा यसको प्रभाव राजस्व वृद्धि र अर्थतन्त्र चलायमान बनाउन केन्द्रित छ’ उनले भने । नेपालमा भ्याट संकुचन हुँदै गएको स्मरण गर्दै उनले भ्याट छुटको दायरा बढ्दै गइरहेकोले यसलाई सच्याउन खोजिएको बताए ।

‘भ्याटलाई हरेक वर्ष हटाउँदै गयौं, यसले राजस्वको दायरा खुम्चिएको थियो, वैज्ञानिक कर प्रणालीलाई प्रभाव भयो, पुनः प्रवेश गराउने प्रयास गरेका छौं ।’ उपभोग्य वस्तुमा कर लगाएको सन्दर्भमा यो आन्तरिक उत्पादनकर्तालाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको बताए ।

  • २९ जेष्ठ २०८०, सोमबार १५:०७ प्रकाशित