प्यूठानको स्वर्गद्वारीबाट फर्केको गाडी दुर्घटना, ८ जनाको निधन

केन्द्रभाग मिडिया

प्युठान ।
प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेको लु १ च ६३४५ नम्बरको गाडी दुर्घटना भएको छ ।

दुर्घटनामा परि गाडीमा सवार ८ जनाको घटनास्थल मै निधन भएको छ । भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा उक्त कार दुर्घटजामा परेको हो । दुर्घटनामा निधन भएका सवारी चालक लमही ५ दाङ घर भएक टन्क बहादुर कुमालको पहिचान भएको भने अरुको सनाखत हुन सकेको छैन ।

कार टाकुराको माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा अन्दाजी करिब ३५ मिटर तल झरेको छ । कार पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
कारमा २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेका थिए । सवै मृतकको शव संकलन गरि पोष्ठमार्टमका लागि विजुवार अस्पताल पठाउने तयारी भइरुहेको बताइएको छ ।

  • २९ जेष्ठ २०८०, सोमबार १६:४७ प्रकाशित