साताको पहिलो दिन आज पाउण्डको भाउ बढ्दा डलरको कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १० पैसा र बिक्रीदर १६५ रुपैयाँ ८५ पैसा रहेको छ । शुक्रबार पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३१ पैसा १६५ रुपैयाँ ०६ पैसा थियो ।

आज डलर एकको खरिददर १३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३२ रुपैयाँ २५ रहेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २९ पैसा रहेको छ ।यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५ रुपैयाँ २७ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर ३६ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर २८ रुपैयाँ ६६ पैसा रहेको छ ।

  • २८ जेष्ठ २०८०, आईतवार ०९:११ प्रकाशित