आज संसदमा अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ ।आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि छलफल जारी रहेनछ ।

सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाशशरण महतले आज जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

  • २८ जेष्ठ २०८०, आईतवार ०९:०१ प्रकाशित