सुर्खेत।
कालिकोटमा जिप दुर्घटना हुदाँ ३ जनाको ज्यान गएको छ।
ज्यान जानेमा शुभकालिका गाउँपालिका-२ भर्ताका ३० वर्षका गाडी चालक हर्के वि.क, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेखको नौमुले घर भएका २५ वर्षीय गोपाल सलामी रहेका छन् ।
गए राति १२:३० बजेतिर शुभकालिका गाउँपालिका(६ चिसापानीस्थित बेहुली पान्तडी सडक खण्डमा चौकी बजारदेखि हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।
दुर्घटनाको कारण भने खुलेको छैन।













