रेमिटेन्समा वृद्धि : १० महिनामा १० खर्ब रेमिटेन्स भित्रियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

चालू आर्थिक वर्षमा रेमिटेन्स आप्रवाहदरमा वृद्धि भएको छ । चालू आर्थिक वर्षको १० महिनामा १० खर्ब रुपैयाँ बढी विप्रेषण आप्रवाह (रेमिटेन्स) भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको १० महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै यस अवधिमा २३.४ प्रतिशतले रेमिटेन्स वृद्धि हुँदै १० खर्ब ५ अर्ब १५ करोड रुपैयाँ भित्रिएको जनाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो । बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो ।

  • २६ जेष्ठ २०८०, शुक्रबार १५:३९ प्रकाशित