काठमाडौं।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएका छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको आरोप लगाए।
‘प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखिन्छ। नाम राख्ने, अलि पछि गल्ती भो भन्ने अब पुनर्विचार गर्नुपर्छ भन्ने त्यता मान्छे भड्काउन थाल्ने’ उनले भने। अध्यक्ष ओलीले अब कोशीमा नामकरण विरुद्ध भइरहेको आन्दोलनको एमालेले प्रतिवाद गर्ने पनि बताए।
कोशीमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेविरुद्ध पहिचानको नाममा मान्छे भड्काइरहेको ओलीको आरोप छ ।













