पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ११ पैसा १६४ रुपैयाँ ८५ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रिदर १६४ रुपैयाँ ४५ पैसा थियो ।
आज डलर एकको खरिददर १३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३८ रहेको छ ।आज युरो एकको खरिददर १४१ रुपैयाँ १८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा रहेको छ ।
यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६१ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ६६ पैसा र बिक्रीदर २८ रुपैयाँ ७९ पैसा रहेको छ ।