प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ।सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने बैठकमा बजेटमाथिको छलफलले निरन्तरता पाउने भएको हो।

सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले आ –आफ्नो धारणा राखिरहेका छन् । सत्तापक्षका सांसद्हरुले बजेटको बचाउ गर्दै गर्दा विपक्षी सांसद्हरुले भने बजेटको आलोचना गर्दै आएका छन् ।

बजेटको कार्यान्वयन भने अधिकांश सांसद्हरुले संशय प्रकट गर्दै आएका छन् ।

  • २५ जेष्ठ २०८०, बिहीबार ०९:२२ प्रकाशित