काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग भूमि साटफेरको निर्णय अहिले विरोध गर्ने नेताहरुबाटै भएको दाबी गरेका छन् । त्यो प्रस्ताव आफ्नो नभएको प्रष्टीकरण दिर्दै प्रचण्डले सो दाबी गरेका हुन् ।राष्ट्रियसभाको बैठकमा भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिँदै उनले समय आएपछि प्रमाणसहित देखाउने बताए।
उनले भने, ‘साथीहरूले भन्नुभयो सट्टापट्टा । मैले भनेकै होइन, मैले विगतदेखि यो तर्क पनि छ भनेँ, पत्रकारहरूसँग मैले अहिले ठ्याक्कै प्रमाण त देखाउन सकिनँ अहिले, सायद समय आउँछ, प्रमाण पनि देखाउँछु । अहिले जोजो पार्टी नेताहरूले यो सट्टा भन्ने शब्द आँ पनि गर्नुहुन्थेन भन्नुभएको छ । उहाँहरूले सट्टाको निर्णय गराउनु भएको छ । कुनै दिन समय आउला । तर, मैले राष्ट्रको हितको पक्षमा आफ्नो विवेकले भ्याएसम्म गरें भन्नेमा गर्व छ । खुशी छु ।’













