काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य मणि थापाले एमाले पार्टी नछोडेको बताएका छन् । पार्टीमै रहने गरी पत्र लेखेर केही समय बिदा लिएर बसेको थापाले बताए । पहिलोपटक थापाले पार्टीलाई पत्र लेखेर व्यक्तिगत काम गर्न भन्दै बिदा मागेर बसेका हुन् ।
‘मैले केही समय पार्टीबाट बिदा लिएर बसेको छु । तपाईँहरूले जसरी केही समय बिदा लिएर बस्नुहुन्छ नि त्यस्तै मैले एमालेबाट केही दिन बिदा लिएको छु । अरू कुनै पार्टीमा प्रवेश गर्ने भन्ने होइन’ थापाले भनेका छन्, ‘मेरो व्यक्तिगत पढ्ने, लेख्ने, साहित्यका कामहरू छन् त्यसमा व्यस्त हुनलाई केही दिन बिदा लिएको हो ।’
पार्टीलाई पत्र लेखेर बिदा बसेकोलाई राजनीति रूपमा निष्क्रिय हुने भन्ने रूपमा नबुझ्न थापाले आग्रह गरे । आफू निरन्तर सक्रिय भई एमालेमा रहने थापाले बताए ।
‘मैले एमाले छोडेको छैन । पार्टी छोड्ने कुरा भएन ।’ उनले भनेका छन्













