प्रतिनिधिसभा बैठक आज पनि

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन, बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ ।आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहनेछ।

छलफलको क्रममा प्रतिपक्षी सांसद्हरुले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरिरहेका छन् । तर अर्थमन्त्री प्रकाशशरण महतले भने बजेटको बचाउ गर्दै आएका छन् ।

  • २४ जेष्ठ २०८०, बुधबार १०:१७ प्रकाशित