मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

केन्द्रभाग मिडिया

खप्तड ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मेला उद्घाटनका लागि खप्तड पुगेका छन् ।

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गङ्गा दशहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा खप्तड गएका हुन् । उक्त मेला खप्तड राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पराराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक लगायत नेता पनि खप्तड गएका छन् । यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेशका मन्त्रीलगायतका प्रदेशका नेताहरु पनि खप्तड पुगेका छन् ।

खप्तड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा भाग लिन भारतीय योगगुरु बाबा रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णलगायत मंगलबार हेलिकप्टरमा खप्तड गएका हुन् ।

  • २३ जेष्ठ २०८०, मंगलवार १६:५४ प्रकाशित