कोशी प्रदेशमा माओवादीका २ मन्त्रीले दिए राजीनामा

केन्द्रभाग मिडिया

विराटनगर ।

पार्टीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिएका छन् ।

माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।

यसअघि माओवादीको कोशी प्रदेश संसदीय दलले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी प्रदेश संसद सचिवालयलाई गराएको थियो ।

 

  • २३ जेष्ठ २०८०, मंगलवार १६:०९ प्रकाशित