आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका बेला अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्ने विषयमा प्रतिपक्षी दलहरूले उठाएका प्रश्नको अहिले अर्थमन्त्री प्रकाशशरण महतले संसदमा जवाफ दिइरहेका छन्।
यसअघि विभिन्न दलका सांसदहरूले करका दर हेरफेरबारे के भएको हो भनी प्रश्न गरेका थिए। प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामाथि उठेको प्रश्नबारे अर्थमन्त्री डा। प्रकाशशरण महतसँग जवाफ माग गरेको छ ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा सुरुमै समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो माग गरेका हुन् । अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्ने र चित्तबुझ्दो जवाफ नआए संसदीय छानबिन समिति गठन गरेर जानुपर्ने उनको भनाइ छ ।