प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

केन्द्रभाग मिडिया

बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ । हिजोबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो ।

जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सोमबारबाट सदनमा छलफल प्रारम्भ भएको थियो ।यता राष्ट्रिय सभाको बैठक पनि आज बिहान ११ः११ बजे बस्‍ने भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राष्ट्रिय विषयमा वक्तव्य दिने कार्यसूची रहेको छ ।

  • २३ जेष्ठ २०८०, मंगलवार ०९:२९ प्रकाशित