काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो धार्मिक आस्थामाथि प्रश्न गर्नेलाई जवाफ दिएका छन् ।
भारतको इन्दौरमा महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर पूजा गरेको विषयमा संसदमा प्रश्न उठेपछि प्रचण्डले आफू आस्तिक या नास्तिकभन्दा पनि धर्मनिरपेक्षतावादी भएको बताएका हुन् ।
‘मान्य सदस्यहरुले नास्तिक हो कि आस्तिक होस् कि के होस् भनेर पनि प्रश्न उठाउनु भयो’, प्रचण्डले भने, ‘म सिद्धान्त तः र प्रष्ट धर्मनिरपेक्षतावादी हुँ । सबै धर्मलाई समान मान्यता दिनुपर्छ । राज्यले कुनै धर्मलाई नजिक र कुनै धर्मलाई टाढा बनाउनु हुँदैन भन्ने पक्षमा छु, यो कुरा प्रष्ट होस् ।’
उनले जनताको आस्थालाई सम्मान गर्नुपर्ने पनि बताए ।













