काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले संसदमा जवाफ दिइरहेका छन् । संसदमा जवाफ दिदैं प्रचण्डले भारत भ्रमणको क्रममा ७ वटा दस्तावेजमा हस्ताक्षर गरी आदान प्रदान गरिएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने भैरहवा सुनौली एकीकृत जाँच चौकीको शिल्यान्यास भएको, एकीकृत जाँच चौकी, क्वारेन्टाइन सेवा विस्तार भएबाट ब्यापार विस्तार, अनाधिकृत व्यापार रोक्न सहज हुने तथा गुणस्तरीय वस्तुको आयोत विस्तार हुने विश्वास व्यक्त गरे ।
यस्तै मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोश्रो चरणको निर्माणकार्यको शिल्यान्यास गरिएको र त्यसलाई चितवनको लोथरसम्म विस्तार गर्ने सहमति भएको बताए । प्रधानमन्त्री प्रचण्डले बुटवल गोरखपुर ४०० केभी अन्तरदेशीय प्रशारण लाइनको पनि शिल्यान्यास भएको उनले बताए ।
यस्तै प्रचण्डले नेपालबाट भारत तथा बैगलादेशमा ऊर्जाको व्यापारका लागि आफ्नो ४ दिने भारत भ्रमण महत्वपूर्ण रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेद्र मोदीसँग हैदरवाद हाउसमा भएको भेटवार्ता महत्वपूर्ण भएको बताए ।
सो भेटमा व्यापार, पारवाहन, लगानी प्रवद्र्धन, उर्जा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन, बाढी तथा डुवान नियन्त्रण, कृषि, सीमा वारपार, रेल्वे सेवा सञ्चालन कार्य, पुलहरुको निर्माण तथा एकीकृत जाँच चौकी तथा सुख्खा बन्दरगाह जस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने विषयमा सकारात्मक अर्थपूर्ण छलफल भएको बताए ।













