काठमाडौँ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् ।
प्रधानमन्त्रीसँगको छलफलमा सभामुख घिमिरेले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न आग्रह गरेका हुन् ।
आइतबार प्रतिनिधि सभा अवरोध भए लगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेर सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
सभामुखसँगको संवादमा अध्यक्ष दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको भन्दै सोमबारको संसद्मा आफूले प्रस्टीकरण दिने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली सहित विपक्षी दलसँग कुरा गर्ने प्रधानमन्त्रीले सभामुखलाई विश्वास दिलाएको बताइएको छ ।













