पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३१ रुपैयाँ ४० पैसा १३२ रुपैयाँ ०० पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४१ रुपैयाँ ५० पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४८ पैसा छ ।
यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ७१ पैसा र बिक्रीदर २८ रुपैयाँ ८४ पैसा रहेको छ ।