धादिङमा गुडिरहेको बसमा आगो लाग्यो

केन्द्रभाग मिडिया

पोखरा ।
धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ ।

सुर्खेतबाट काठमाडौं आइरहेको पञ्चकोशी यातायात प्रालिको ना ६ ख १४७१ नम्बरको बसमा आइतबार राति २ बजे गजुरीमा आगलागी भएको धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

उनका अनुसार इलेक्ट्रिक सट भएर बसमा आगो लागेको हो । ‘बसको अधिकांश भाग जलेको छ । मानवीय क्षति भने भएको छैन,’ डिएसपी भण्डारीले भने,‘बाहिर निकाल्न नसक्दा केही यात्रुका लगेज पनि जलेका छन् ।’

  • ७ कार्तिक २०७८, आईतवार ०८:२८ प्रकाशित