चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदै प्रधानमन्त्री प्रचण्ड

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् । यही १७ जेठमा भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड शुक्रबार भारतको मध्यप्रदेशको इन्दोर पुगेका छन् । उनी आज त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्ली फर्किने छन् । दिल्लीबाट अपराह्न ४:२० मा नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री स्तरीय भेटवार्तासहित विभिन्न ७ वटा बुँदामा सम्झौता भएका छन् । प्रचण्डले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मुलगायतसँग महत्वपूर्ण भेटवार्ता गरिसकेका छन् ।

  • २० जेष्ठ २०८०, शनिबार ०७:०५ प्रकाशित