प्रचण्ड र मोदीबीच एकै दिन ३ पटक वान टु वान वार्ता : राम्रो र ठूलो कुराको सूरुवात भएको दाबी

केन्द्रभाग मिडिया

नयाँदिल्ली ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो एकै दिन समकक्षी नरेन्द्र मोदीसँग तीन पटक वान टु वान वार्ता गरेका छन् ।

एक्लाएक्लै भेट भएपछि धेरै कुरामा सहज वातावरण बनेको प्रचण्डले बताएका छन् । परिस्थिति बिग्रेला जस्तो भए पनि धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले भारतीय सम्पादकहरुसँग भनेका छन् , ‘मोदीसित हिजो मेरो तीनपटक वान टु वान भेट भयो । त्यसैले सहजतामा लग्यो । नत्र कुरा बिग्रेला जस्तोथ्यो । धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको छ ।’

उनले सीमा समस्या समाधानबारे मोदीले पहिलो पटक बोल्नु नै महत्वपूर्ण भएको बताएका छन् ।

  • १९ जेष्ठ २०८०, शुक्रबार ०९:२२ प्रकाशित