केन्द्रभाग मिडिया

पोखरा ।

फेवा तालको सिमसार क्षेत्र पुर्ने काम रोक्न उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लिराज आचार्यको बिहिबारको एकल इजालासले यस्तो आदेश दिएको हो ।

अन्तरिम आदेश दिदै अदालतले फेवा तालको चार किल्ला भित्र कुनै प्रकारको निर्माण कार्य गर्ने तथा डोजर प्रयोग गर्न नदिन विपक्षीको नाममा अन्तरिम आदेश समेत दिएको छ ।

तालको चार किल्लामा अनधिकृत रूपमा प्रवेश गर्ने डोजर टिपरहरुलाई नियन्त्रणमा लिई कारावखी गर्न समेत अदालेले आदेश दिएको छ । आदेमा उक्त कार्यमा संलग्न सवारी चालकलाई समेत प्रचलित कानून अनुसार कारवाही गर्नु गराउनु भनिएको छ ।

फेवातालको सिमसार क्षेत्र सिमसार क्षेत्र माटोले पुर्ने काम रोक्न माग गर्दै अधिवक्ता मनोज घर्तिमगरले बुधबार रिट दर्ता गराएका थिए । मगरले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा, ताल संरक्षण तथा विकास प्राधिकरणका प्रमुख कल्पना देवकोटा र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए ।

आदेश कार्यान्वयनका लगि सुरक्षाको प्रवन्ध मिलाउन आदेशमा भनिएको छ । सुरक्षाका लागि कम्तीमा प्रहरी निरीक्षणको नेतृत्वमा सुरक्षा समूह खटाउने र अनुगमन गर्ने गराउने कार्य गर्नु, गराउनु भनी जिल्ला प्रहरी कार्यालय कास्कीलाई उच्च अदालत पोखराले निर्देशन दिएको छ ।

 

  • १८ जेष्ठ २०८०, बिहीबार १८:११ प्रकाशित